पाल्पाको मदनपोखरा बहुप्राविधिक शिक्षालय द्वारा आयोजना गरिएको छोटो अबधिको (६५ दिने) कम्प्युटर हार्डवेयर टेक्निसियन तह-१ सिपमुलक तालीम समापन गरिएको छ । माथागढि गाउपालिका वार्ड नम्बर ३ को समन्वय तथा मदनपोखरा बहुप्राबिधिक शिक्षालय को प्राविधिक तथा आर्थिक सहयोगमा २०८१ पुस २१ गतेदेखि संचालित तालीममा स्थानिय ४० जना युवाहरुको सकृय सहभागिता रहेको थियो । तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ। शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको अध्यक्षता भएको समापन कार्यक्रममा माथागढि गाउपालिका अध्यक्ष यम बहादुर चिदी को प्रमुख आतिथ्यता, माथागढि गाउपालिका वार्ड न ३ का अध्यक्ष तेज बहादुर घर्ती मगरको आतिथ्यता एबम वडा सदस्यहरु, शिक्षालयका कर्मचारीहरुको सहभागीता रहेको थियो।