लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय क्वालिटि परियोजनाको आर्थिक सहयोगमा मदनपोखरा बहुप्राबिधिक शिक्षालय पाल्पाले प्रशिक्षार्थी हरुलाइ बिशेष सिप मुलक कृयाकलाप सम्पन्न गरेको छ । शिक्षालय र क्वालिटि परियोजना बिच शिक्षालयको समग्र कार्ययोजनालाइ टेवा पुर्याउने र अध्ययनरत प्रशिक्षार्थीहरुको क्षमता बिकास मार्फत रोजगारी सङ्ग जोड्ने उद्देश्य अनुरुप सिपमुलक कार्य गरेको हो । सुचना प्रबिधि अध्ययन गर्ने प्रशिक्षार्थी हरुलाइ वर्ड प्रेस तालीम कार्यक्रम , बाली बिग्यान कार्यक्रम अन्तर्गत गड्यौला खेती प्रबिधि तालीम तथा पशु बिग्यान कार्यक्रम अन्तर्गत माइक्रोबियल औषधि को प्रयोग सम्बन्धमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको शिक्षालयका क्वालिटि परियोजना सम्योजक युबराज जोशीले जानकारी गराउनु भयो । साथै शिक्षालयले रोजगार सेवा एकाइ स्थापना गरी शिक्षालयबाट उत्पादित जनशक्तिको अभिलेखिकरण गर्ने र अध्ययन गर्ने प्रशिक्षार्थी हरुको बृत्ति बिकास जोड्ने कार्य पनि अघि सारेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिनुभयो







