मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले संचालन गरेको एक दिने निशुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविर सम्पन्न भएको छ । शिविरमा पशुबस्तुहरुको निःशुल्क जाँच तथा निदान भएका रोगहरूको निःशुल्क औषधि वितरण , रेबिज खोप सेवा , गोबर परीक्षण , माटो परीक्षण , थुनेलो परीक्षण जस्ता बिषयमा सेवा प्रदान गरिएको थियो । समुदायमा कृषि खेती तथा पशु पालन गरेका कृषकका समस्याहरुका बारेमा शिक्षालयमा अध्ययन गरिरहेका प्रशिक्षार्थीहरुलाई अभ्यास गराउने , समस्याहरुका बारेमा पहिचान गराउने उद्देश्य अनुरुप शिविर संचालन गरिएको हो । कृषक सँग प्राविधिक नाम दिइएको सो कार्यक्रम शिक्षालयले नियमित रुपमा गर्दै आएको छ भने शिविरमा एनिमल साइन्स विभागीय प्रमुख डा रजिना दाहाल , प्रशिक्षक डा सुदीप न्यौपाने , सहायक प्रशिक्षक दान बहादुर रम्तेल ले पशु वस्तुको समस्याहरुका बारेमा उपचार तथा निदान गर्नुभएको थियो । यस्तै गरी बालीनालीमा समस्याहरुका बारेमा प्लान्ट साइन्सका विभागीय प्रमुख प्रतिमा ढकाल, प्रशिक्षक विशाल अधिकारी तथा सहायक प्रशिक्षक मनोज यादव ले परामर्श सेवा दिनु भएको थियो । शिविर बाट पशु तथा बाली समेत गरी ११६ जना कृषकहरु लाभान्वित हुनुभएको छ
