प्रिय विद्यार्थी भाइ बहिनीहरू ,
मदनपोखरा बहुप्राविधिक शिक्षालय बाट अध्ययन सके पश्चात रोजगारी सँग जोडिएको भए कहाँ , कस्तो प्रकारको रोजगारी र हालको रोजगारीको अवस्थाको विषयमा जानकारी दिनुहुन वा हालसम्म रोजगारीमा नभएको भए शिक्षालयले सहजीकरणका लागि #रोजगार_परामर्श_सेवा_इकाई कार्यान्वयनमा ल्याएको हुँदा आफूले अध्ययन गरेको विषय र उत्तीर्ण भएको साल , सम्पर्क नम्बर तथा अन्य वैयक्तिक विवरण (Personal Details) सहित शिक्षालयको रोजगार तथा परामर्श इकाईमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
#Placement_And_Counseling_Unit ले रोजगार सङ्ग जोड्न र विद्यार्थीहरू सँग निरन्तर जोडिन सहयोग पुग्ने अपेक्षा छ ।
अन्य जानकारीको लागि :-
युवराज जोशी ( संयोजक ) रोजगार सेवा इकाई ९८६८५२९४२९
निर्मल अधिकारी ( सूचना अधिकारी) ९७६२५९०७६३
मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute