मदनपोखरा बहुप्राबिधिक् शिक्षालय तानसेन -०९, दमकडा पाल्पा ले भोगाधिकार गरेको जग्गा सम्बन्धमा रेखाङ्कन , सीमाङ्कन तथा शिक्षालय परिसरमा सुरक्षार्थ तारबार गर्ने विषयमा शिक्षालय सञ्चालक समितिका अध्यक्ष तथा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तोय नारायण सुवेदी ज्यूको अध्यक्षतामा बैठक बसी शिक्षालयको अवस्था र नियमित कार्य सम्बन्धमा छलफल सम्पन्न भएको छ । तानसेन -०९, दमकडा ( साविक मदनपोखरा गा वि स ) क्षेत्रको करिब १९९ रोपनी क्षेत्रफलमा रहेको शिक्षालयको जग्गा सुरक्षा गर्ने तथा निर्माण सम्पन्न भएका भवन लगायत जग्गाको सुरक्षामा ध्यान दिनुपर्ने र नियमित व्यवस्थापन गर्नुपर्ने विषयमा प्रमुख जिल्ला अधिकारी ज्यू को विशेष जोड रहेको थियो । बैठकमा शिक्षालयको वर्तमान अवस्था र भइरहेका नियमित क्रियाकलापहरूको बारेमा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले बताउनु भएको थियो । बैठकमा तानसेन नगपालिका प्रतिनिधि श्री प्रदिप खनाल , वडा नम्बर ९ का अध्यक्ष श्री राजेश कुमार अर्याल, आमन्त्रित अतिथिको रुपमा पाल्पा जिल्लाका समन्वय प्रमुख श्री टंकनाथ खनाल , उपप्रमुख श्री काशीका ज्ञवाली , मालपोत अधिकृत श्री दुर्गा प्रसाद खनाल , नापी अधिकृत अर्जुन पाैडेल , विशेष नापी पाल्पाका सर्भेक्षक निशान प्रभात अधिकारी लगाएको उपस्थिति रहेको थियो
