जिल्ला प्रहरी कार्यालय पाल्पा सङ्गको समन्वयमा वर्तमान अवस्थामा #प्रविधिमैत्री बाताबरण तथा #दुरुपयोगले निम्त्याउने अवस्था एबं युवाअवस्थामा हुनसक्ने #लागूपदार्थ सेवन र समुदायमा पार्न सक्ने प्रभावका सम्बन्धमा शिक्षालयमा अभिमुखिकरण तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्तमान अवस्थाका चुनौतीहरूको बारेमा प्रहरी चौकी प्रभासका प्रमुख मोहन खड्काले सहजीकरण गर्नुभएको थियो भने प्रहरी चौकी माडीफाँटको समेत उपस्थिति रहेको थियो ।
मदनपोखरा बहुप्राविधिक शिक्षालय मा डिप्लोमा तहमा अध्ययन गर्ने सूचना प्रविधि कार्यक्रम , बाली विज्ञान कार्यक्रम र पशु बिज्ञान कार्यक्रमका प्रथम , द्वितीय र तृतीय वर्षमा अध्ययन प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । यसैगरी शिक्षालयमा संचालित सबै कार्यक्रमका विभागीय प्रमुखहरू , प्रशिक्षकहरु , कर्मचारीहरुको उपस्थिति रहेको थियो भने तानसेन वडा नम्बर ९ का अध्यक्ष राजेश अर्यालको प्रमुख आतिथ्यता , शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको सभाध्यक्षता एबं प्रशासकीय सहायक छवि भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









