लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय दाङ्बाट क्वालिटि परियोजना कार्यक्रम को कार्यान्वयन र प्रभाबकारीता सम्बन्धमा मदनपोखरा बहुप्राबिधिक शिक्षालय पाल्पाले गरेका बिभिन्न कृयाकलापको अनुगमन सम्पन्न भएको छ । शिक्षालयले क्वालिटि परियोजनाको समन्वयमा शिक्षालयका आधारभूत कृयाकलाप मा केन्द्रीत रही प्राबिधिक शिक्षा सम्बन्धी सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम , प्रशिक्षक तथा कर्मचारीहरुको मानसिक स्वास्थ्य सबलीकरण सम्बन्धी उत्प्रेरणा मुलक कार्यक्रम , गड्यौला मल उत्पादन तालीम , एण्टि माइक्रोबियल प्रतिरक्षा सम्बन्धी जनचेतनामुलक तालीम , सुचना प्रबिधि सम्बन्धी डिजाइन तालीम तथा प्रशिक्षार्थी हरुलाइ शिक्षालयमा सन्चालित कार्यक्रम सम्बन्धी रोजगार बृति परामर्श कक्षको स्थापना जस्ता कार्य सम्पन्न गरेको थियो । शिक्षालयका बिभिन्न गतिबिधिहरु लगायत आगामी गतिबिधिहरु र समग्र बिषय सम्बन्धमा सामाजिक बिकास मन्त्रालयका उपसचिब बिष्णु पन्थीले जानकारी लिनुभएको थियो ।
