प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद् मदनपोखरा बहुप्राबिधिक शिक्षालयमा लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र क्वालिटि परियोजना को सम्युक्त टिमले शिक्षालयको बर्तमान अबस्थाको बारेमा जानकारी लिनुका साथै प्राबिधिक शिक्षाको समग्र अबस्थामा छलफल समेत सम्पन्न भएको छ । सो अबसरमा शिक्षालयको पुर्बाधार लगायत को अनुगमन समेत भएको थियो । छलफलमा मन्त्रालयका उपसचिब हरिकला सारु म्याडम , शिक्षा निर्देशनालयका डोर बहादुर बस्नेत सर एबम क्वालिटि परियोजना बाट फुलाराम चौधरी , नव सुजित भण्डारी एबम परिषद् लुम्बिनी प्रदेशका प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद त्रीपाठी तथा शिक्षालयका बिभागिय प्रमुखहरु र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
