मदनपोखरा बहुप्राबिधिक शिक्षालय तानसेन -०९, दमकडा , पाल्पाले शिक्षालयमा कार्यरत प्रशिक्षक , कर्मचारी तथा प्रशिक्षार्थीहरुको मानसिक स्वास्थ्य सबलिकरण सम्बन्धी अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । शिक्षालय प्रमुख प्रदिप राज पाण्डे अध्यक्षता , तानसेन नगपालिका वार्ड न ८ का अध्यक्ष एबं शिक्षालय सञ्चालक समितिका सदस्य राजेश कुमार अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
मानसिक स्वास्थ्य सम्बन्धी विविध कारणहरूले गर्दा विविध विषयका चिन्तन तथा चुनौतीहरुको विषयमा व्यापक छलफल तथा अन्तरक्रिया जस्ता कार्यहरू नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको विषयमा प्रमुख अतिथि राजेश कुमार अर्यालको जोड रहेको थियो भने शिक्षालयले प्रशिक्षक एबं प्रशिक्षार्थीहरु मनोबल उच्च राख्न , हरेक कार्यको सक्रियता र निचोडमा पुग्न , जीवनमा केही गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न पनि यस्ता क्रियकलापमा जोड दिने कार्य शुरू गरिएको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले बताउनुभयो ।
मानसिक स्वास्थ्य सबलीकरण तथा उत्प्रेरणा कार्यक्रमको सहजीकरण गर्दै मनोविद् कपिल शर्माले प्रशिक्षार्थीहरुले सोधेका विविध मानसिक समस्या लगायत वर्तमान अवस्थामा के कस्ता विषयहरुले हाम्रो दैनिक जीवनयापनमा समस्या भोगिएको छ त्यस्ता विषयहरूमा केन्द्रीत रही सहजीकरण गर्नुभएको थियो ।
