पाल्पाको मदनपोखरा बहुप्राबिधिक शिक्षालयमा प्राविधिक शिक्षालयको वर्तमान अवस्था र चुनौतीहरु बिषयक सरोकारवालाहरु बिचको समन्वयात्मक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शिक्षालय सन्चालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख टन्कनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परिषद् लुम्बिनि प्रदेश कार्यालयका निर्देशक यादब सुबेदी, तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठ, शिक्षा विकास तथा समन्वय पाल्पाका प्रमुख प्रेमराज खरेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख शशिन्द्र खाती, जिल्ला प्रहरी कार्यालयका प्रमुख श्री पवन कुमार भट्टराई, बिभिन्न कृषि फार्म, पशु फार्म , मौरी पालन कृषक, घरेलु तथा साना उध्योगका प्रमुख, सुन्तला जात फलफुल विकास केन्द्रका प्रमुख, कृषि ज्ञान केन्द्र का कार्यालय प्रमुख लगायत पाल्पा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षालय सन्चालक समितिका पदाधिकारीहरु, शिक्षालयमा सन्चालित कार्यक्रमका बिभागिय प्रमुख तथा प्रशिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । कार्याक्रममा शिक्षालयका नियमित कार्यहरु र देखिएका चुनौतीहरुको बिषयमा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले प्रस्तुतीकरण दिनुभएको थियो भने सहभागीहरुले शिक्षालयको आगामी दिनमा गर्नुपर्ने कार्यहरु र समन्वयमा आ आफ्नो तर्फबाट कुनै कमी हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सहभागी सरोकारवाला व्यक्तिहरुबाट प्राप्त राय, सुझावले शिक्षालयले प्राविधिक शिक्षामा पहुँच विस्तार र गुणस्तर वृद्धीका लागि भावि कार्यदिशा तय गर्न सहयोग पुगेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले बताउनुभयो । २०७५ सालमा स्थापित शिक्षालयले हाल कृषि तर्फ बाली र पशु बिग्यान कार्यक्रम तथा सुचना प्रबिधि कार्यक्रम सन्चालन गरिरहेको छ । मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute
