#इको_क्लब_गठन ।
मदनपोखरा बहुप्राबिधिक शिक्षालयमा इको क्लब गठन भएको छ । बरदान क्षेत्रीको अध्यक्ष , पिमला बराल उपाध्यक्ष , उम्मे हविबा खातुन सचिव ,उदित दर्लामी मगर सहसचिव , समीक्षा पराजुली कोषाध्यक्ष तथा एलिसा न्यौपाने , सन्ध्या भुसाल , अजय पण्डित , यमुना थापा , अनु शर्मा , युवराज कार्की सदस्यहरू गरी क्लबमा ११ जना रहेका छन् । क्लबले शिक्षालयको समग्र वृत्ति विकास लगायत सरसफाई , स्वच्छता एवं हरित क्षेत्रमा प्रवद्धन हुने क्रियाकलापमा विशेष केन्द्रित रहेर कार्य गर्नेछ । सो क्लबको सरंक्षक डिप्लोमा इन एग्रीकल्चर पशु विज्ञान कार्यक्रम संयोजक डा रजिना दाहाल तथा प्रमुख संरक्षक शिक्षालय प्रमुख प्रदिप राज पाण्डे रहनुभएको छ ।
मिति : २०८३ वैशाख १७ गते , बिहीबार ।
