मदनपोखरा बहुप्राबिधिक शिक्षालयले पाल्पा जिल्लाको माथागढी गाउपालिका कसेनीमा एक दिने बृहत निशुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिबिर सम्पन्न गरेको छ । शिबिरबाट करीब २४२ जना कृषकहरुले बिभिन्न बिषयका सेवा तथा परामर्श लिएका छन । माथागढी गाउपालिकाको समन्वयमा सन्चालन गरिएको शिबिरमा शिक्षालयका प्रशिक्षकहरु डा रजिना दाहाल , डा सुदीप न्यौपाने तथा सहायक प्रशिक्षक दान बहादुर रम्तेलद्वारा पशुहरुको जाच , रेबिज खोप सेवा , गोबर परीक्षण , थुनेलो परीक्षण गरिएको थियो भने बालीनालीको परामर्श लगायत माटो परीक्षण लगायतका कार्य शिक्षालयका कृषि प्रशिक्षक बिशाल अधिकारी , स्वीकृति पन्थी ले गर्नु भएको थियो । शिक्षालयमा अध्ययनरत कृषि सङ्कायका प्रशिक्षार्थीहरुले शिबिर ब्यबस्थापन लगायत आ आफ्नो बिषयगत बिधामा रहेर कुशलतापुर्बक कार्यमा सहभागी भएका थिए । शिबिरमा निशुल्क रुपमा आबश्यक औषधीहरु समेत उपलब्ध गराइएको थियो । शिबिर उत्साहजनक रुपमा सम्पन्न भएको माथागढी गाउपालिकाका अध्यक्ष श्री यम बहादुर चिदीले बताउनु भयो साथै आगामी दिनमा पनि शिक्षालयसङ्ग समन्वय गर्दै यस्ता कार्यहरु गरिने समेत बताउनु भयो । शिक्षालयमा सन्चालन हुने शैक्षिक कार्यक्रमहरुमा आफ्नो पालिकाले आबश्यक सहयोग तथा समन्वयात्मक भुमिका गर्ने समेत बताउनु भएको छ । शिबिरमा वार्ड न ३ , कसेनीका अध्यक्ष तेज बहादुर घर्तीले स्थानिय आबश्यकता अनुरुप शिबिर आयोजना गरेकोमा शिक्षालय प्रति आभार समेत ब्यक्त गर्नुभएको छ । मिति : २०८३ बैशाख २९ ।
