यस मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute को व्यवस्थापन समितिको निर्णयअनुसार २०८२ जेष्ठ २५ गते आईतबार देखि २०८२ असार ३ गते मंगलबार सम्म बार्षिक शैक्षिक क्यालेण्डर अनुसार गर्मी बिदा हुने भएको हुँदा सो अवधिभर प्रशिक्षण सम्बन्धी कार्य नहुने व्यहोरा सम्पूर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई जानकारी गराइन्छ । साथै सो अवधिभर शिक्षालयको प्रशासनिक गतिविधिहरु भने नियमित रुपमा संचालन हुनेछन् ।
अन्य #जानकारीको लागि:-
शिक्षालय प्रशासन शाखामा सम्पर्क गर्नुहोला ।
सम्पर्क : ०७५-४१२१२७ / ९८५७०७१२१८
निर्मल अधिकारी ( सूचना अधिकारी) – ९७६२५९०७६३
