काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशन, धुलिखेल , काभ्रे बाट मदनपोखरा बहुप्राबिधिक् शिक्षालय तानसेन -०९, दमकडा, पाल्पामा शिक्षालयको नियमित कृयाकलापहरु , शिक्षालयमा सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमहरुको विषयमा छलफल सम्पन्न भयो । विश्वविद्यालय ले संचालन गरेको MTVET को विषयमा जानकारी गराउदै अन्य समसामयिक छलफल सम्पन्न भयो । शिक्षालयमा उपस्थित भै सल्लाह , सुझाब दिनु भएकोमा काठमाण्डौ विश्वविद्यालयका आदरणीय सरहरु महेश नाथ पराजुली PhD, प्रकाशचन्द्र भट्टराई PhD , सुरेश गौतम PhD , प्रकाश कुमार पौडेल PhD तथा नव सुजित भण्डारी सरहरु प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ ।
